बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । १३ वर्षेया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाश रहेका छन् । फ्रि फायर गेम मार्फत चिनजान भएका उनीहरु नजिकिदै गर्दा १३ वर्षीया बालिका माथि जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थ बस्ने २७ वर्षीय महेश उदाशलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकाको अभिभावकले आफ्नी छोरी हराएकोले खोजी गरी पाउँ भनि जिल्ला प्रहरी कार्यालय पाल्पामा निवेदन दिएकोमा जिल्ला प्रहरी परिसर काठमाडौं र मातहत वृत्त तथा प्रभागहरुमार्फत बालिकाको खोजी गर्ने क्रममा चन्द्रागिरी नगरपालिका ८ मातातिर्थबाट फेला पारेको थियो ।

अनुसन्धान तथा सोधपुछ गर्दा अभियुक्त महेश उदाशसँग १ वर्षदेखि फ्रि फायर गेम खेल्ने क्रममा चिनजान भएको,बताएकी छन् । फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई विवाह गर्ने लगायतको आश्‍वासन दिई गत चैत २९ गते पाल्पाबाट मोटरसाइकलमा राखी काठमाडौं ल्याई चैत ३० गते राति काठमाडौं टोखा नगरपालिका ६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको खुल्न आएको छ ।