कोरोनाको त्रास देखाएर स्थानीय तहको निर्वाचन रोक्ने संकेत

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा गठवन्धन सरकारले भने निर्वाचन रोक्नका लागि विभिन्न प्रचपञ्च गरिरहेको आरोप लाग्न थालेको छ । सत्ता भन्दा बाहिर रहेका दलहरुले गठवन्धन सरकार निर्वाचनको मिति सार्र्न के निहुँ गर्ने भन्ने सोचमा लागिरहेको आरोप लगाउन थालेका हुन् ।

पछिल्लो समय कोभिड १९ को संक्रमण दर बढ्दै गएको र त्यसलाई अझ बढी परिक्षण गराई कोभिडको बहानामा भएपनि निर्वाचन सार्ने गरी सरकार लागिरहेको देखिन्छ । नेकपा एमालेका नेताहरुले गठवन्धन गरेर पनि निर्वाचनमा आफ्नो जित नहुने देखेपछि सरकार निर्वाचन सार्न खोजिरहेको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक पटक सार्वजनिक रुपमा नै अभिव्यक्ति दिईरहेका छन् । ओलीले भने जस्तै अहिले सरकार स्वास्थ्य मन्त्रालयलाई प्रयोग गरेर कोभिड परिक्षण बढाउने र त्यही आधारमा निर्वाचन रोक्न खोजेको भन्ने आशंका गर्न थालिएको छ ।