तोकिएकै समयमा निर्वाचन हुन्छ : पुष्पकमल दाहाल


काठमाडौँ । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय निर्वाचन तोकिएकै समयमा हुने बताएका छन् । चुनाव नजिकिदै गर्दा कतिपय व्यक्तिले गठबन्धनले गर्दा पछि सर्छ भन्ने हल्ला चलाएको प्रसङ्ग उल्लेख गर्दै उनले भने, हिजो मात्रै देशभरिका सबै महानगरपालिका र उपमहानगरपालिकामा निर्वाचन हुने सहमतिको टुङ्गो लागिसकेको बताएका छन् ।

वैशाख ३० मा स्थानीय निर्वाचन हुन्छ की हुन्न भन्ने दोधारमा नरहन उनले सबैलाई आग्रह गरेका छन् । अब केही दोधार छैन होला तोकिएकै समयमानै स्थानीय तहको निर्वाचन हुन्छ ।

अध्यक्ष दाहालले भनेका छन् निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउने र व्यापक जनसहभागिता सुनिच्छित गर्ने आग्रह गर्दै उनले अब लोकतन्त्रको अभ्यासलाई नयाँ स्तरमा उठाउ पर्ने आवश्यकता रहेको समेत बताएका छन् ।