भन्सार छली ल्याएको गाडीसहित १ जना पक्राउ

काठमाडौँ । भन्सार छली गरी ल्याएको सामान र गाडीसहित १ जना पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका १४ कलंकीस्थित सडकमा ना ६ ख ४३ नम्बरको ट्रकमा भन्सार छलि ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु फेला पारी ट्रकका चालक चितवन कालिका नगरपालिका १ घर भएका २८ वर्षीय तस्विर तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

थानकोटबाट कलंकीतर्फ आउँदै गरेको उक्त ट्रकलाई प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरीले तलासी गर्दा भन्सार छलि ल्याएको उक्त सामानहरू फेला पारी तामाङलाई पक्राउ गरेको प्रहरीले बताएका छन् ।

पक्राउ परेका तामाङ, बरामद सामान र ट्रकलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय गौचरण काठमाडौं पठाइएको छ प्रहरीले जानकारी दिएको छ ।