काठमाडौं कांग्रेसमा रडाको, सिर्जना सिंहलाई मेयर उठाए भोट क्रस गरिदिने धम्की

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिँकिदै गर्दा राजनीतिक दलहरु उम्मेदवार तय गर्ने छलफलमा नै व्यस्त देखिएका छन् । मुलुकभरका ६ वटा महानगरपालिका मध्ये काठमाडौ महानगरपालिका सवैको चासोको विषय वन्दै गएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरका लागि राप्रपा, विवेकशील साझा पार्टीले मेयरको नाम घोषणा नै गरिसकेको छ भने अन्य दलहरुले गर्न वाँकी देखिन्छ । गठवन्धन दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रले भने पदको भागबण्डा गरिसकेपनि उम्मेदवार के हो भन्ने निष्कर्ष निकालिसकेको भने छैन ।

नेकपा एमालेबाट प्रमुख पदका लागि ५ जनाको सिफारिस भएको भएपनि हालका मेयर विद्यासुन्दर शाक्य र पूर्व मेयर केशव स्थापितको नाम नै चर्चामा रहेको छ । तर दुई मध्ये को भन्ने स्पष्ट भने अहिलेसम्म भएको देखिँदैन ।

त्यस्तै नेपाली कांग्रेसबाट पनि पाँच जनाको नाम सिफारिस भएको भएता पनि लामो समयदेखि प्रकाशनमान सिंहकी पत्नी सिर्जनाको नाम चर्चामा राखिएको छ । सिर्जना सिंहको नाममा कार्यकर्ताहरु विभक्त देखिएका छन् । एकथरी कार्यकर्ताहरुले सिर्जना सिंहले विगतमा गरेको राजनीतिक योगदान महत्वपूर्ण भएकाले सिर्जनालाई नै काठमाडौको मेयर बनाउने लविङ्ग गरिरहेका छन् भने अर्का थरी कार्यकर्ताहरुले सिर्जनालाई उम्मेदवार बनाउन नहुने तर्क गर्दै आईरहेका छन् ।

प्रकाशमान सिंहको पत्नी भएकै कारण मेयरको उम्मेदवारी दिनेकुरा उनीहरुले असहमत गरेका छन् भने पछिल्लो समयमा कार्यकर्ताहरु माझ लोकप्रिय नभएकाले पनि उनलाई मेयर पदमा टिकट दिन नहुने बताईरहेका छन् । यदि सिंहलाई मेयरको टिकट दिएमा भोट क्रस हुने चेतावनी समेत कांग्रेस कार्यकर्ताहरुले दिन थालेका छन् ।