सेतो हेरोइनसहित दुई विदेशी पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषध र ७ किलो सेतो हेरोइन सहित २ जना विदेशी नागारीकलाई प्रहरीले पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाइ लागुऔषध ओसारपसार गरिरहेको विशेष सूचनाका आधारमा प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोले विमानस्थलबाट उनीहरूलाई पक्राउ गरेको हो ।

वैशाखको पहिलो साता कतार एयरवेजमार्फत दक्षिण अफ्रिकाको जोहानेशवर्गबाट कतारको दोहो हुँदै काठमाडौँ आएका जिम्बावेका नागरिक कपुतुला अभिसर्गले ल्याएको सुटकेट जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले बताएका छन् । उनले सुटकेसमा फल्स बटम बनाइ लुकाएर ल्याएको अवस्थामा ७ किलो सेतो हेरोइन सहित उनीहरु फेला परेको प्रहरीले बताएको छ ।