भरतपुरमा कांग्रेस र माओवादीले सँगै उम्मेदवारी दर्ता गराए

काठमाडौँ । चितवानको भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त रूपमा उम्मेदवारी दर्ता गराएका छन् । महानगर प्रमुखमा माओवादीकी रेनु दाहाल र उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले एक साथ उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थानीय निर्वाचनमा उम्मेदवारी दर्ताका लागि कांग्रेस र माओवादीको टोली दिउँसो करीब साढे ३ बजे र्‍यालीसहित निर्वाचन कार्यालयमा पुगेको थियो । र्‍यालीमा कांग्रेस जिल्ला सभापति राजेश्वर खनाल, माओवादी नेता एवं राष्ट्रिय सभा सदस्य नारायण दाहाल, माओवादीका जिल्ला संयोजक आरसी अधिकारी, कांग्रेसबाट निर्वाचित प्रदेश सांसद गीता वाग्ले समेत सहभागी रहेको थिए ।

कांग्रेसका नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय निर्वाचनमा आप्नो पाटीले जित्ने दाबी गर्दै सँगै उम्मेदवारी दर्ता गराएर कांग्रेस र माओवादीले एकताबद्ध रहेको सन्देश दिन प्रयास गरेका हुन् ।