मोटरसाइकल चोरी गर्ने एकजना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर इन्द्रसरोवर गाउँपालिका ५ घर भएका २६ वर्षीय सुदास लामा रहेको छ । उनलाई ट्राफिक प्रहरी टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका, ५ लोलाङमा बाट आज पक्राउ गरेको हो ।

प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका, ८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको जानकारी दिइएका छन् ।

मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका, ८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए । लामाले चोरी गरेको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु६४प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ ।

पक्राउ गरिएका लामा र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान गरी कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले जानकारी गराएको छ ।