मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

काठमाडौँ । म्याग्दीको मालिका गाउँपालिका ६ बाङ्गेपहिरोमा आज बिहान भएको मोटरसाइकल दुर्घटना हुँद एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मालिका गाउँपालिका ५ गरजराका २३ वर्षीय भविन्द्र किसान रहेका छन् ।

दरवाङदेखि बाबियाचौरतर्फ जाँदै गरेको ग९प ७४७ नम्बरको मोटरसाइकल दुर्घटनामा किसानको मृत्यु भएको प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिइएका छन् ।

मोटरसाइकलको पछाडि सवार मङ्गला गाउँपालिका २ का २५ वर्षीय सन्तोष किसानलाई सामान्य चोट लागेको छ । किसानको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएका छन् ।