सुनको मूल्य एक हजारले ओरालो

काठमाडौँ । सुनचाँदीको मूल्य ओरालो लागेको छ । आज छापावाल सुनको मूल्य तोला १ हजारले ओरालो लागेर ९८ हजारमा कारोबार भएको छ । साताको पहिलो कारोबारको दिनदेखि नै सामान्य मूल्यमा ओरालो लाग्दै आएको पहेँलो धातु बुधबार तोला ९९ हजारमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य तोला ९७ हजार ५०० मा कारोबार भएको जानकारी गराएको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला ९८ हजार ५०० मा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपयाँले घटेर १ हजार ३२० मा कारोबार भएको महासङ्घले जानकारी गराएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८७७ डलरको आसपास कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिइएका छन् ।