एक थान चितुवाको छालासहित तीनजना पक्राउ

काठमाडौँ । वीरेन्द्रनगर बजारबाट वैध चितुवाको छालासहित तीनलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले एक थान अवैध चितुवाको छालासहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका १४ सुर्खेत दर्नाकोट गाउँका २३ वर्षीय अम्मर थापा, ४० वर्षीय भरतबहादुर बुढा र वडा नं १२ बस्ने ४० वर्षीय दलबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार उनीहरूलाई बुधबार वीरेन्द्रनगर नगरपालिका १० सुर्खेत बसपार्कस्थित नन्दबहादुर शाहीको सुनिता होटलबाट पक्राउ गरिएको हो । चितुवाको छाला कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको बताएका छन् । उनीहरु तीनै जनालाई आवश्यक अनुन्धान भइरहेको प्रहरीले जानकारी दिइएका छन् ।