१७ जना उम्मेदवार विरुद्ध उजुरी

काठमाडौँ । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा सर्लाही जिल्लाका विभिन्न स्थानीय निकायका १७ उम्मेदवारविरुद्ध उजुरी परेको छ । सबैभन्दा धेरै बसबरिया गाउँपालिकामा स्थानीय निर्वाचनका लागी उम्मेदवारी दिएका सातजान विरुद्ध उजुरी परेको छ ।

बागमती नगरपालिकामा ४ जनामा उम्मेदवारविरुद्ध उजुरी परेको मुख्य निर्वाचन अधिकृत ध्रुबकुमार पियाले जानकारी दिइएका छन् । बलरामा दुई तथा लालबन्दी, कविलासी, रामनगर र ब्रम्हपुरीमा एक–एक उजुरी दर्ता भएका छन् । ती उजुरीमाथि विहिबार साँझसम्म छानबिन गर्ने र दोषी प्रमाणित भए उम्मेदवारी रद्ध गरिने पियाले जानकारी दिइएका छन् ।

बलराको प्रमुखका उम्मेदवार अभयकुमार सिंह र बाग्मती नगरका प्रमुखका उम्मेदवार भरतकुमार थापाविरुद्ध र अन्य पालिकामा पनि विभिन्न उम्मेद्वारविरुद्ध उजुरी परेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । थापाविरुद्ध प्रहरीको कार्बाहीमा मारिएका कुमार पौडेलका बुबा खिलकराज पौडेलले उजुरी दिइएका हुन् । पौडेले घटनामा मृतकका बुबाले दिएको किटानीको जाहेरीमा थापाको नामसमेत भएको र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएको उल्लेख गरिएको छ ।

सिंहविरुद्ध बेरुजु तिर्नुपर्ने र पेश्की फछ्र्यौट गर्नुपर्ने हुँदा उनीमाथी उजुरी परेको हो । त्यसैगरी महालेखा परीक्षकको कार्यालयको २०७८ को वार्षिक प्रतिवेदनमा बलरा नगरको लेखापरीक्षण प्रतिवेदन अनुसार ११ करोड ८० लाख १८ हजार बेरुजु देखिएको र ५ करोड ३६ लाख ८४ हजार असुलनै गर्नुपर्ने उल्लेख गरिएको छ । सिंह र अर्का एकजना वडाध्यक्ष विरुद्ध उजुरी परेको बलराका निर्वाचन अधिकृत रंजितकुमार यादवले जानकारी दिएका छन् ।