विज्ञापनमा आचारसंहिता ल्याउने तयारी

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले विज्ञापन बोर्डद्वारा आज आयोजित ‘विज्ञापन व्यवस्थापनमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी’ दुईदिने तालिमको शुभारम्भ गरेको छ । सरकारले विज्ञापन क्षेत्रलाई नियन्त्रण भन्दा पनि नियमन गर्ने उद्देश्यले विज्ञापन आचारसंहिता’ ल्याउने तयारी गरीएको बताए ।

डा अर्यालले भने अप्रमाणित, भ्रामक, पर्याप्त जानकारीविना विज्ञापन बनाइएको हुन्छ, त्यसलाई व्यवस्थित गर्नका लागि सरोकारवालाको सुझावका आधारमा विज्ञापन आचारसंहिता ल्याउन लागिएको हो, यसले विज्ञापन क्षेत्रलाई व्यवस्थित गरेको छ । उनले विज्ञापन बोर्डको नीति र विनियमावलीलाई समयअनुसार संशोधन गरी बोर्डलाई थप पारदर्शी र प्रतिस्पर्धी बनाउने बताएका छन् ।

नेपाल विज्ञापन सङ्घ का वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठले विज्ञापन वितरण सम्बन्धमा स्पष्ट नीति बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएका छन् । बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंले दुई दिनसम्म सञ्चालन हुने तालिममा बोर्डले अहिलेसम्म गरेका कार्य, विज्ञापनको अवधारणा र अहिलेको प्रवृत्ति, विज्ञापनको इतिहास र चुनौती, मडिया र विज्ञापन, विज्ञापन आचारसंहिता, विज्ञापन उद्योग र महत्वलगायतका विषयमा प्रशिक्षण हुने जानकारी दिए ।

विज्ञापन आचारसंहिता मस्यौदाको विज्ञापनसम्बन्धी व्यवसाय गर्ने व्यक्तिको आचारसंहिता सम्बन्धमा ‘कुनै पनि व्यक्ति, समुदाय वा संस्थाको ख्याल, सम्मान वा मर्यादा र सार्वजनिक हित, शिष्टाचार, नैतिकता र जनस्वास्थ्यमा आघात नपर्ने र आधिकारिकतामा पुष्टि हुनेगरी मात्र विज्ञापन प्रकाशन वा प्रसारण गर्नुपर्ने भनिएको छ ।