गोर्खामा गठवन्धन भत्किएपछि नारायणकाजीले चुनावी प्रशिक्षण दिने


काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनमा सत्तामा रहेका दलहरुवीच हुने भनिएको गठवन्धन केही ठाउँ बाहेक धेरै स्थानमा तोडिएको छ ।

कांग्रेसमा देखिएको दम्भका कारण पनि यस्तो अवस्थामा आएको जानकारहरु बताउँछन् । यसै सन्दर्भमा गोर्खा जिल्लामा पनि स्थानीय तहको निर्वाचनका लागि गरिने भनिएको गठन्धन भत्किएको छ ।

गोर्खा जिल्लाका अधिकांश स्थानीय तहमा गठवन्धन भत्किएपछि जिल्लामा माओवादीका वरिष्ठ नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कार्यकर्ताहरुलाई गाउँपालिका स्तरीय चुनावी प्रशिक्षण दिने भएका छन् ।

गोर्खा जिल्ला सिरानचोक गाउँपालिकाका स्थायीबासी हाल उपत्यकामा विभिन्न पेशा व्यवसाय गरिरहेका कार्यकर्ताहरुलाई शनिबार प्रशिक्षण दिन लागेका हुन् ।