माछा मार्ने क्रममा दुई जनाको मृत्यु

काठमाडौँ । कैलालीमा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका १ शिवनगरका ५९ वर्षीय शोभराम थारु र घोडाघोडी नगरपालिका ४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढा रहेका छन् ।

शोभराम थारु माछा मार्न कर्णाली नदी किनारमा पुगेर एक्कासी बेहोस भएकाको हुँदा कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

घोडाघोडी नगरपालिका ४, रामशिखरझालाका २२ वर्षीय नरेश बुढाको नजिकैको बेत्नी खोलामा बिजुलीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । मृतक बुढासँगै माछा मार्न सोही खोलामा गएका कैलाश ठगुन्ना, अनिल चौधरी र ललित बुढालाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जोशीले बताएका छन् ।