घरदैलो कार्यक्रममा सक्रिय वन्दै काठमाडौं महानगर वडा ७ को एकीकृत समाजवादी


काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ७ क्षेत्रभित्र नेकपा (एकीकृत समाजवादी) घरदैलो कार्यक्रममा सक्रिय देखिएको छ । बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरु मत माग्न मतदाताको घरदैलो हिड्न थालेपनि वडा ७ मा अन्य दलहरु भन्दा एकीकृत समाजवादी बढी सक्रिय देखिएको हो ।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकामा समाजवादीले गठवन्धनसँग मिले निर्वाचनमा भाग लिएको छ । महानगरपालिकाको उपमेयर समाजवादीले आफ्नो उम्मेदवार उठाएको छ । वडा नं. ७ मा निवर्तमान अध्यक्ष शुद्धकुमार डंगोलले नै उम्मेदवारी दिएका छन् । विकास निर्माण कार्यमा सक्रिय रहेका पाँच वर्षको कार्यकालमा कुनै पनि विवादमा नमुछिएका डंगोल आगामी पाँच वर्षका लागि वडा अध्यक्ष पदमा निर्वाचित गराउनका लागि आफ्नो टिम नै लिएर घरदैलो कार्यक्रमा सक्रिय देखिएका हुन् ।

अघिल्लो निर्वाचनमा पनि राम्रै मत ल्याएर जितेका शुद्ध डंगोलले वडा नं. ७ क्षेत्रभित्र विकास निर्माण, सम्पदा संरक्षण, तथा जेष्ठ नागरिकहरुका लागि निकै नै राम्रो काम गरेका थिए । उनले व्यक्ति तथा संगठित संस्थाहरुले कब्जा गरेर राखेका सरकारी सार्वजनिक जग्गा संरक्षण गरी सरकारी नाममा ल्याउनका लागि महत्वपूर्ण भूमिका खेलेका थिए ।

पाँच वर्षको अवधिमा वडावासीहरुको समस्या समाधान गर्नका लागि सक्रिय रहेका शुद्ध डंगोलले नाम जस्तै काम गरेको स्थानीय मतदाताहरुको भनाई छ । हुन पनि काठमाडौं महानगरपालिकाका कतिपय वडा अध्यक्षहरु निकै विवादमा मुछिएको भएपनि शुद्ध डंगोल भने कहिल्यै पनि विवादमा तानिएनन् ।