उजुरी गर्न जाँदा पुलिस स्टेसनभित्रै बालिका बलात्कृत

काठमाडौँ । भारतको उत्तर प्रदेशको ललितपुरको स्टेशन अफिसर एसओ माथि १३ वर्षकी दलित बालिकामाथि पुलिस थानाभित्रै बलात्कारको आरोप लागेको छ । १३ वर्षीया बालिका गाउँकै चारजना युवकको सामूहिक बलात्कार भएकी थिइन । न्यायको लागी थाना पुगेकी किशोरी पुनः पुलिस स्टेशनभित्रै बलात्कृत भएकी छिन् ।

गाउँमै सामूहिक बलात्कारपछि ललितपुरको थाना पाली पुगेकी ती बालिकालाई त्यहाँका एसओले पुनः बलात्कार गरेको बीबीसीले जानकारी दिएको छ । घटनामा प्रहरीले बालिकाकी काकीसमेत तीनजना अभियुक्तलाई पक्राउ गरेको छ ।

ललितपुरका स्टेशन अफिसर एसपीका अनुसार अभियुक्त एसओ तिलकधारी सरोज फरार रहेका छन् । प्रहरीले उनलाई पक्राउ गर्न हरसम्भव प्रयास गरिरहेको उनले जानकारी दिएका छन् ।