राउटे जातिसँग मतदान गर्ने कुनै कानुनी प्रमाण छैन्

काठमाडौँ । स्थानीय तहको जिर्वाचनमा हुन केहि समय बाकि हुँदा पनि जाजरकोटको छेडागाड नगरपालिका ५ थलहका राउटे समुदायमा भने कुनैपनि चुनावी चहलपहल छैन् । नेपालको लोपोन्मुख राउटे जातिलाई स्थानीय चुनावको कुनै प्रभाव परेको छैन । उनीहरु दैनिकी गुजारा चलाउन सँधै धौधौ हुने राउटे जातिसँग भोट हाल्ने कुनै कानुनी प्रमाण छैन ।

‘जङ्गलको राजा भनेर चिनाउन गर्व गर्ने यो जातिसँग जन्मदर्ता प्रमाणपत्र, नागरिकता र मतदाता परिचयपत्र नै छैन । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायसँ दैलेखको गुराँस गाउँपालिकाले २०७५ असार ३० गते प्रदान गरेको परिचयपत्रबाहेक अन्य कुनै सरकारी कागजात छैन ।

कर्णाली प्रदेशका सुर्खेत, सल्यान, दैलेख र जाजरकोटलगायत जिल्लाका विभिन्न जङ्गलमा फिरन्ते जीवन बिताउँदै आइरहेका छन् । राउटे मुखिया सूर्यनारायण शाहीले १४५ जना सङ्ख्या रहेको बताएका छन् । उनका अनुसार राउटे समुदायको आफ्नै व्यवस्था भएकाले आफूहरुले आफ्नो नेता आफ्नै चुन्ने गरेको बताए ।

दैलेखको गुराँस गाउँपालिकाबाट परिचयपत्र प्राप्त गरेका राउटे यसपटकको जनगणनामा भने समेटिएका छन् । सल्यानको जिल्ला जनगणना कार्यालयबाट उनीहरु गणनामा समेटिएका हुन् । संविधानको प्रस्तावनामै बालिग मताधिकारप्रति प्रतिबद्धता जनाइए पनि राउटे समुदायले यो अधिकारबाट वञ्चित हुँदै आएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तहको चुनाव आएको र भोट हाल्नुपर्छ भनेर पनि थाहा भएको राउटे लोकेन्द्र शाहीले बताए । उनले समाजमा के के हुँदैछ, सबैकुरा थाहा हुन्छ र आफ्नै तरिकाले व्यवस्थापन गर्ने कुरा समेत बताएका छन् ।

स्थानीय तह निर्वाचनका कारण राउटे बस्तीमा खाद्यान्न र लत्ता कपडाको अभाव भएको छ । सरकारी व्यक्तिलाई आफूहरुले फोन गर्दा स्थानीय चुनावपछि मात्रै काम हुने भनेको राउटे समुदायले बताएका छन् । आवश्यक खाद्यान्न, लत्ता कपडा र त्रिपालको अभाव छ । चुनावले आफूहरुलाई समस्यामा पारेको गुनासो गरेका छन् । राउटे समुदाय अहिले पनि आधुनिक समाजको मुल प्रवाहमा आउन सकेका छैनन् ।