जबरजस्ती करणी गरेको अभियोगमा राई पक्राउ

काठमाडौँ । उदयपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने २६ वर्षीय गणेश राई रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैंशाख ७ गते साँझ जवरजस्ती करणी गरेको हो । किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त भएपछि ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलामा दिएपश्चात तत्काल खटिएको प्रहरीले उनलाई सोही नगरपालिका ६ फक्टपुरबाट पक्राउ गरेको छ ।