कलङ्कीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ । कलङ्कीमा चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ धुनिबँेशी नगरपालिका २ का ४५ वर्षीय दिवाकर अधिकारी रहेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार बा ५ ख ७३४५ नं को टिप्परले बा ८० प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक दिवाकर अधिकारीको मृत्यु भएको हो । उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।