एमाले र जसपाबिच झडप, तिन वटा मतपेटिकामा आगजनी

काठमाडौँ । आज भइरहेको स्थानीय तह निर्वाचनमा मतदान गर्ने क्रममा रौतहटमा एमाले र जसपाबिच झडप भएको छ । रौतहटको बौधीमाई नगरपालिकामा मतदान गर्ने क्रममा झडप भएपछि मतपेटिकामा आगजनी भएको छ ।

बौधीमाई नगरपालिका वडा नम्बर २ को इनरवा टोलमा जनता समाजवादी पार्टी र एमालेबीच झडप हुँदा ३ वटा मतपेटिका आगजनी भएको हो । झडप र आगजनीपछि इनरवा टोल अहिले तनावग्रस्त भएको छ ।