वर्षाका कारण मतदान गर्न समस्या, रसुवामा ६० प्रतिशत मतदान

काठमाडौँ । आजा भएको स्थानीय हत निर्वाचनमा रसुवा जिल्लामा अहिले ६० प्रतिशत मतदान भएको छ । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।

उत्तरी रसुवामा आज दिउँसो केहीबेर हल्का वर्षाका कारण मतदानस्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताएका छन् ।

अहिले २ ३० बजेसम्म ६० प्रतिशत मतदान भएको अधिकृत नेपालले जानकारी दिइएका छन् । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेको बताए ।