विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिलकुमार पोखरेल पक्राउ परेका छन् । उनलाई बिहीबार बिहान विराटनगरबाट प्रहरीले पक्राउ गरेको हो ।
पोखरेलमाथि एमबीबीएसमा भर्ना गराइदिने भन्दै सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।
सोमबार मोरङ जिल्ला अदालतले पोखरेललाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी भएपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले पुस १९ गते अनिललाई स्वकीय सचिव पदबाट निष्कासन गरेका थिए।
Add Comment