नवलपरासी । बाक्लो हुस्सुका कारण पूर्व–पश्चिम राममार्गअन्तर्गत बुटवल–नारायणगढ सडक अवरुद्ध भएको छ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानी खोलाको सडक चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।
बाटो चिप्लो भएकाले सवारीसाधन चलेका छैनन् । हिजोदेखि नै पश्चिम नवलपरासी र दाउन्ने क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । आज विहान २ बजेदेखि बाटो दुईतर्फी अवरुद्ध भएको उनले बताए । बाटो खुलाउन निरन्तर प्रयास भइरहेको सूचना अधिकारी रेशम बोहरले बताए।
उता, विगत तीन दिनदेखि एक्कासि जाडो बढ्ेपछि महाेत्तरीका पाँच वटा पालिकाले आफ्नो नगरभित्रका विद्यालय बन्द गरेका छन् । सदरमुकाम रहेको जलेश्वर र मनरासिस्वा नगरपालिका तथा पिपरा, सोनमा र एकडारा गाउँपालिकाले जाडोका कारण पठनपाठन सञ्चालन गर्न असहज भएको भन्दै आजदेखि लागू हुनेगरी एक साताका लागि नगरभित्रका विद्यालय बन्द गरेका हुन् ।
Add Comment