अध्यक्ष माधव नेपालद्धारा आयोगलाई धन्यवाद

काठमाडौँ । शुक्रबार सम्पन्न भएको स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगलाई धन्यवाद दिइएका छन । अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचन आमजनताको उत्साहजनक सहभागिता र शान्तिपूर्ण तरिकाले सम्पन्न गरेकामा निर्वाचन आयोगलाई धन्यवाद दिइएका छन् ।

देशभर ७५३ स्थानीय तहका साथै ६ हजार ७४३ वडामा शुक्रबार भएको निर्वाचनमा १ करोड ७७ लाख मतदातामध्ये करिव ६४ प्रतिशतले मतदान गरेका थिए । अध्यक्ष नेपालले हिजो एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मीसम्बद्ध सबैलाई पार्टीका तर्फबाट धन्यवाद दिइएका छन् ।

विभिन्न १६ जिल्लाका २८ पालिकाको ४३ मतदानस्थल र ७७ मतदान केन्द्रमा निर्वाचन स्थगन भएकाले पुनः मतदान हुने निर्वाचन आयोगले जानकारी गराएको छ ।