चाँगुनारायण नगरपालिकामा एमालेको अग्रता

काठमाडौँ । शुक्रबार देशभर एकैसाथ सम्पन्न भएको स्थानीय तह निर्वाचनमा भक्तापुरको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ ।

मतगणनाअनुसार एमालेतर्फबाट प्रमुख पदकी उम्मेदवार बिना बाँस्तोलाले २३८ मत प्राप्त गरेका छन् भने, नेपाली कांग्रेसका जीवन खत्रीले २२५ मत प्राप्त गरेका छन् ।

नगरको उपप्रमुखमा एमालेको तर्फका उम्मेदवार रमेश बुढाथोकीले २४० र नेपाली कांग्रेसका सुभद्रा काफ्लले १२६ मत प्राप्त गरेका छन् । चाँगुनारयण नगरमा उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मतगणना ढिला सुरु भएको हो ।