दक्षिणकाली नगरपालिकाले पायो पुरानै मेयर, मोहन बस्नेत विजयी

काठमाडौं । काठमाडौं जिल्लाको दक्षिण भेगमा रहेको दक्षिणकाली नगरपालिकाले पुरानै मेयर पाएको छ । दक्षिणकाली नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट मोहन बस्नेत निर्वाचित भएका हुन् । उनी यस अघि पनि मेयरका रुपमा पाँच वर्षे कार्यकाल सकाएर पुन उम्मेदवार बनेका थिए ।

पाँच वर्षमा जनताको मन जित्ने गरी काम गर्न सफल भएका बस्नेतले ७ हजार २ सय १ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्धन्दी एमालेका श्रीराम आचार्यलाई २ जहार ९ मतको अन्तरले पराजित गरेका थिए ।