बुटवल उपमहानगरः गठबन्धनका उम्मेदवारले मतान्तर बढाउँदै

काठमाडौँ । बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ । स्थानीय तह निर्वाचनअन्तर्गत मङ्गलबार बिहान घोषणा गरिएको मत परिणामअनुसार प्रमुख पदमा मतान्तर बढेर दुई हजार ९४० पुगेको छ ।

पछिल्लो परिणामअनुसार गठबन्धनबाट प्रमुख पदका कांग्रेस उम्मेदवार खेलराज पाण्डेले १० हजार ६११ मत प्राप्त गर्नुभएको छ । नेकपा एमालेका बाबुराम भट्टराईले सात हजार ८२ मतकासाथ पाण्डेलाई पछ्याइरहनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचन दुई हजार ६४ मतका साथ तेस्रो स्थानमा हुनुहुन्छ ।

उपप्रमुखमा एमालेकी सावित्रा अर्याल अगाडि हुनुहुन्छ । उहाँको सात हजार ८८३ मत पुग्दा गठबन्धनमा एकीकृत समाजवादीका उम्मेदवार चिनबहादुर गुरुङको पाँच हजार ६८२ मत पुगेको छ । राप्रपाकी भगवती पाण्डेको दुई हजार ६४ मत रहेको छ ।

बुटवल उपमहानगरको वडा नं १ मा स्वतन्त्र उम्मेदवार, वडा नं २ को अध्यक्षमा नेकपा (एकीकृत समाजवादी) र सदस्य एमालेबाट विजयी भएका छन् । वडा नं ३ मा माओवादी केन्द्र, वडा नं ४, १६, १७ र मा नेपाली कांग्रेस विजयी भएको छ भने वडा नं १८ र १९ मा एमालेले जित हासिल गरेको छ ।