काठमाडौंमा सुनिताप्रति आकर्षण, सत्ता गठबन्धनका उम्मेदवारको भन्दा ४ गुणा बढी मत

काठमाडौँ । स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको जारी मतगणनामा उप मेयरतर्फ सुनिता डंगोलको पक्षमा जनलहर देखिएको छ । उनीले मंगलबार मध्याह्न १२ बजेसम्मको मत परिणामअनुसार नौ हजार ८१५ मत पाउन सफ भएकी छन् ।

डंगोलले जुन मत सत्ता गठबन्धनका उम्मेदवारको भन्दा झण्डै ४ गुणा बढी मत प्राप्त गरेकी छन् । गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले मात्र २७८४ मत पाएका छन् ।

राप्रपाका उम्मेदवारले १७८६ मत पाएका छन् , भने उता विवेकशील साझा पार्टीका उम्मेदवारले ४३० मत पाएका छन् । लौरो चुनाव चिह्नमा १०४१ मत प्राप्त हुँदा आँखीझ्लाय चुनाव चिह्नमा ८०९ मत प्राप्त भएको छ ।