नौ वर्षीय बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक पक्राउ

काठमाडौँ । झापामा जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका १० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशी रहेका छन् । उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई उनकै घरमै ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान जबरजस्ती करणी गरेको भनीएको छ । उनलाई बालीकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी छ ।

उनलाई बालिकामाथी जबरजस्ती करणी गरेको घटनलाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।नौ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ