अमेरिकी राजदूत डब्ल्यु बेरीद्धारा मकवानपुरमा स्वास्थ्य चौकी उद्घाटन

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेको छ । नेपालका लागि अमेरिकी राजदूत बेरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडी नेपालकी प्रमुख सेपिडे केभान्साडले सोमबार मकवानपुरस्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेको हो ।

२०७२ सालको महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा २९ वटा स्थायी विद्यालय र ७ वटा स्वास्थ्य सेवा संरचनाहरूको पुनर्निर्माणमा अमेरिकी सरकारले युएसएआईडीमार्फत नेपाल पुनर्निर्माण प्राधिकरण, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग साझेदारी गरेको हो ।

उक्त कार्यक्रममा बोल्दै राजदूत बेरीले भनेका छन् , यसै प्रतिबद्धताको एक हिस्सा स्वरूप मकवानपुरका सर्वाधिक विकट क्षेत्रमध्ये एकमा यस स्वास्थ्य चौकीको निर्माण गर्न हामीले नेपाल सरकारसँग साझेदारी ग¥यौँ, जसले सबैभन्दा विपन्न समुदायहरूमध्ये एकलाई फाइदा पुर्‍याउनेछ । यसले चिरस्थायी मित्रता र अझ सुरक्षित नेपालको पुनर्निर्माणमा मद्दत गर्न अमेरिकी जनताको निरन्तर सहयोग दर्साउँछ ।

सबैभन्दा बढी अभावमा रहेका नेपाली जनताको स्वास्थ्य सेवा र शिक्षामा पहुँचलाई अमेरिकी सरकारले प्राथमिकतामा कायम राखेको छ । महाभूकम्पपश्चात्को प्रतिकार्य तथा पुनर्लाभमा अमेरिकी सरकारले १९ करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ ।

‘‘हाम्रो सहयोगले बालबालिका र परिवारहरूलाई स्वास्थ्य सेवा तथा शिक्षा प्राप्ति जारी राख्न सक्षम बनाएको छ । हामीले भौतिक पूर्वाधार मात्रभन्दा धेरै बनाएका छौँ, जसको प्रतीक यस स्वास्थ्य चौकीले प्रस्तुत गरेको बेरीले भनेका छन् ।

नेपालको प्रत्येक परिवार गुणस्तरीय स्वास्थ्य सेवा र सो सेवा प्राप्त गर्न सुरक्षित स्थानको हकदार होउन् भन्ने सुनिश्चित गर्नका निम्ति युएसएआईडी र नेपाल सरकारबीच रहेको सहकार्य प्रदर्शन गर्दछ । यी संरचनाले २ लाख ४० हजारभन्दा बढी नेपालीलाई लाभ पुर्‍याएको छ ।

यस हस्तान्तरणले सुरक्षित पुनर्निर्माण गर्न र नेपालका बालबालिका तथा परिवारहरुका निम्ति गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्नमा नेपाल सरकारलाई सहयोग गर्न अमेरिका निरन्तर कटिबद्ध रहेको उनले बताएका छन् ।