सुन तोलामा ९६ हजार ७ सय

काठमाडौँ । आज छापावाल सुनको मूल्य तोलामा ९६ हजार ७०० मा कारोबार भएको छ । पहेँलो धातु भने अघिल्लो दिन प्रतितोला ९६ हजार ५०० मा कारोबार भएको थियो ।

अजा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य तोलामा ९६ हजार २०० कारोबार भएको जानकारी दिइएको छ । यसको मूल्य अघिल्लो दिन तोला ९६ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो दिनको कारोबार मूल्यका तुलनामा तोला २० ले बढेर १ हजार २६० तोकिएको महासङ्घले जानकारी दिएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस १ हजार ८२५ डलरको आसपास कारोबार भइरहेको छ ।