दाङमा लागूऔषध सहित चार जना पक्राउ

काठमाडौँ । दाङमा अवैध लागुऔषध सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १२ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तुलसीपुर उपमहानगरपालिका ६ बस्ने २३ वर्षीय रबिन नेपाली समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई रा ५ प ८८६५ नम्बरको मोटरसाइकलमा सवार नेपाली समेत ३ जनालाई ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा करिब ४ सय ४० मिलिग्राम उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

थप अनुसन्धानको क्रममा उनीहरुले उक्त पदार्थ सोही उपमहानगरपालिका ६ बस्ने ३४ वर्षीय अम्मर बाल्मिकीसँग ख़रीद गरी ल्याएको खुलेपश्चात बाल्मिकीको कोठामा जाँच गर्दा एक सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, सेवन गर्न प्रयोग गरेको प्लेट १ थान र ब्लेड टुक्रा २ थान सहित फेला पारी बाल्मिकीलाई समेत प्रहरीले पक्राउ गरेको हो ।