तानसेनमा नेपाली कांग्रेसका श्रेष्ठ र माओवादी केन्द्रकी सिञ्जाली निर्वाचित

काठमाडौँ । पाल्पाको सदरमुकाम तानसेन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सन्तोषलाल श्रेष्ठ विजयी भएका छन् । गठबन्धनका उम्मेदवार श्रेष्ठले ११ हजार २ सय ७३ मत प्राप्त गरी विजयी भएका छन् ।

श्रेष्ठका प्रतिस्पर्धी नेकपा एमाले पाल्पाका अध्यक्षसमेत रहेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी प्रतीक्षा सिञ्जालीले ११ हजार १५१ मतसहित निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी एमालेकी शशि श्रेष्ठले १० हजार ३ सय ७२ मत पाउन सफल भएको छ ।

पाल्पाको कूल १४ वटा वडा रहेको तानसेनमा वडा नं १, २, ३, ४, ५, ६, ७, ११ र १२ नेपाली कांग्रेस र ८, ९, १० र १४ मा नेकपा एमाले विजयी भएको छ । वडा नं १३ मा माओवादी केन्द्र विजयी भएको छ ।