भरतपुर महानगरपालिकामा १२ सय ५२ मतले अगाडी रेणु दाहाल

काठमडौँ । वैशाख ३० गते देशभर सम्पन्न भएको स्थानीय तह निर्वाचन आम नागरिकको चासो र चर्चामा रहेको चितवानको भरतपुर महानगरपालिकामा गठबन्धनकी साझा उम्मेदवार रेणु दाहालले ९ हजार २ सय ४६ मत प्राप्त गदै अगाडी बढिरहेकी छन् ।

नेकपा एमालेका विजय सुवेदीले भने ७ हजार ९ सय ९४ मत प्राप्त गरेका छन् । त्यसैगरी स्वतन्त्रबाट पाटीबाट उम्मेदवारमा उठेका जगन्नाथ खतिवडाले ४ हजार १ सय ९१ मत ल्याएर पछ्याइरहेका छन् ।

उपमेयरमा पनि गठबन्धनका साझा उम्मेदवार कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार ३५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई राप्रपाकी हिमला गुरुङले ६ हजार ५२५ मतका साथ पछ्याइरहेका छन् ।