पेट्रोल र डिजेलको मूल्य बढेपछि, सार्वजनिक यातायातमा भाडा बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य लिटरमै १० रुपैयाँ बढाएपछि विभागले सवारीसाधनको भाडादर बढाएको छ । यात्रुवाहक सवारीसाधनमा ३ दशमलव ५ प्रतिशतले भाडा बढाइएको छ । गत चैतमा भाडादर निर्धारण गर्दाभन्दा अहिले डिजेल प्रतिलिटर १५ वृद्धि भएको थियो ।

त्यसैका आधारमा भाडादर बढाउने निर्णय भएको यातायात व्यवस्था विभागले जानकारी दिएको छ । विभागका अनुसार भाडा वृद्धि यात्रुवाहक सवारीसाधनको हकमा पहाडी बाटोमा चल्ने मालवाहक सवारीसाधनमा ४ दशमलव ६ प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनमा ५ दशमलव १ प्रतिशत भाडा बढाइएको हो ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख गरेको छ । पछिल्लो पटक गत चैत १७ मा भाडादर समायोजन गरिएको थियो । त्यतिबेला डिजेलको मूल्य रु १३८ रहेकामा हाल रु १५३ कायम भएको छ । विभागका अनुसार नयाँ भाडादर बुधवारबाट लागू हुनेछ ।