२८ लाख भन्दा बढी सुनसहित जैसी पक्राउ

काठमाडौँ । सुनसहित प्रहरीले एकजनालाई प्रकाउ गरेको छ । प्रहरीले अवैधरुपमा भारतबाट नेपाल भित्र्याउँदै गरेको २८ लाख भन्दा बढी सुनसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउपर्नेमा कैलाली घर भई हाल दमक नगरपालिका २ बस्ने ३३ वर्षीय धीरेन्द्र जैसी रहेका छन् ।

जैसीलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले मङ्गलबार मेचीनगर, ६ स्थित पुरानो मेची पुलछेउबाट पक्राउ गरेको हो । जैसीको साथबाट बरामद गरिएको ३४९ दशमलव ७०० ग्राम सुन हालको बजार मूल्यअनुसार २८ लाख ८७ हजार १८२ रकम बराबरको रहेको १ नं प्रदेश प्रहरी कार्यालयका प्रवक्ता नवीनराज राईले बताएका छन् ।

पक्राउ गरिएका जैसीलाई सुनसहित मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।