मतगणना स्थलमा प्रदेश मन्त्रीको ठाडो हस्तक्षेप

काठमाडौँ । गोरखा जिल्लाको पालुङटार नगरपालिकामा प्रदेश मन्त्री तथा गण्डकीप्रदेशका खानेपानी मन्त्री हरिशरण आर्चाय मतगणना स्थलमा प्रवेशसंगै मतगणना स्थगित भएको छ। वडा नम्बर ६ को मतगणनाका क्रममा एउटा मतपेटीकाको सुरक्षण सिल चुँडिएको भेटिएपछि मतगणना कार्य पनि स्थगित भएको छ ।

निर्वाचन आयोगका एक पूर्व अधिकारीहरुका अनुसार चारमध्ये एउटा सिलमा त्रुटी भेटिँदैमा शंका गर्नु पर्ने कारण नरहेको बताएका छन् । उनले भने, सबै सिल चुस्त दुरुस्त हुन सकेको भए धेरै राम्रो हुन्थ्यो । तर चारमध्ये एउटा सिलमा समस्या हुँदैमा मतपेटिकामै गडबड भयो कि भन्ने आशंका गर्नु हुँदैन, चारवटै सिल काटेपछिमात्रै पेटिका खोल्न सकिन्छ ।

जिल्लाका कतिपय मतदान अधिकृतहरुले यो पटक सुरक्षण सिल पहिलेको भन्दा अलि कमजोर रहेको बताएका छन् । मतपेटिकाको चारैतिर चारवटा सुरक्षण सिल लगाइएको हुन्छ । त्यसमध्ये पौवाटार मतदान केन्द्रको एउटा मतपेटीकाको एकातिरको भागको सिल चुँडिएको भेटिएको मतगणनास्थलबाट दलका प्रतिनिधिहरुले बताएका छन् । मन्त्रीकै हस्तक्षेप भेटिएपछि स्थगित भएको मतगणनाको विषयमा र्सबदलिय बैठक बसिरहेको निर्वाचन अधिकृतले जानकारी दिएको छ ।