यशोधरा गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित

काठमाडौँ । कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार शिवदायल तिवारी निर्वाचित भएका छन् । तिवारीले नेपाली काँग्रेसका उम्मेदवार अनुपकुमार पाण्डेयलाई १ हजार २६२ मतले पछि पार्दै अध्यक्षमा विजयी भएका हुन् । विजयी तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका पाण्डेयले ३ हजार २ सय मत प्राप्त गर्न सफल भएका छन् ।

गाउँपालिकाको उपाध्यक्षमा एमालेकै गुन्जादेवी मौर्या निर्वाचित भएका छन् । मौर्याले काँग्रेस उम्मेदवार बिन्द्रावती यादवलाई ८ सय ८ मतले हराउँदै विजयी भएका छन् । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याउन सफल भएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी यादवले ३ हजार २३७ मत प्राप्त गरेकी छन् ।

८ वटा वडा रहेको गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्षसहित वडा नं १, २ र ८ गरी तीनवटा वडामा जित हासिल गरेका छन् । त्यस्तै कांग्रेसले वडा नं ३ र ७ गरी दुर्ई वटा वडा, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् ।