तनहुँमा दिल सारुमाथि फलामको रड प्रहार

काठमाडौँ । तनहुँको व्यास नगरपालिका ३ बिसघरे बस्ने ५४ वर्षीय दिल बहादुर सारुलाई फलामको रड प्रहार भएको छ ।

सारुलाई फलामको रड प्रहारबाट गम्भीर घाइते बनाएको अभियोगमा उनकै सालो नाता पर्ने सोही नगरपालिका १४ बस्ने २१ वर्षीय बिनोद थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । थापाले एक्कासी फलामको रडले टाउको समेतमा प्रहार गर्दा दिल बहादुर गम्भीर घाइते भएको हो । सो खबर प्राप्त हुनासाथ प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइतेलाई समाधान अस्पताल दमौली हुदै थप उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।