सरकारी छाप र दस्तखत किर्ते गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । तनहुँमा सरकारी छाप र कर्मचारीको दस्तखत किर्ते गरेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा म्याग्दे गाउँपालिका ७ घर भई व्यास नगरपालिका २ कालिकामार्गस्थित ग्यालेक्सी कम्प्युटर एण्ड आइटि सेन्टर संचालन गरी बस्ने २७ वर्षीय रुद्र गदाल रहेका छन् ।

उनलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार न्यायाधिकरणको छाप तथा कर्मचारीको दस्तखत किर्ते गरी कम्प्युटर माध्यमबाट सक्कली सरह बनाइ प्रयोगमा ल्याउने गरेको अनुसन्धानको क्रममा खुल्न आएपश्चात उनकै पसलबाट प्रहरीले उनलाई पक्राउ गरेको हो ।

साथै किर्ते बनाउन प्रयोग भएको कम्प्युटर समेत प्रहरीले बरामद गरेको छ ।