तनहुँम सालको काठ सहित ४ जना पक्राउ

काठमाडौँ । तनहुँमा सालको काठ सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका ७ धारापानीबाट २६ क्युफिट सालको काठ सहित ४ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा शुक्लागण्डकी नगरपालिका ६ बस्ने दाङ तुलसीपुर उपमहानगरपालिका ३ घर भएका २१ वर्षीय विमल वली, शुक्लागण्डकी नगरपालिका ६ ग्यारसिङ बस्ने ३२ वर्षीय प्रेम बहादुर बिक, सोही नगरपालिका ६ नौबिसे बस्ने २५ वर्षीय पदम बहादुर सुनार र शुक्लागण्डकी नगरपालिका ७ बस्ने ३२ वर्षीय सोम बहादुर नेपाली रहेका छन् ।

शुक्लागण्डकी नगरपालिका ७ धारापानी बस्ने जनक तिमिल्सिनाको पाखो बारीबाट उक्त सालको काठ उनीहरूले ग १ त ५७८६ नम्बरको ट्याक्टरमा लोड गरी लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट खटिएको प्रहरीले फेला पारी काठ लोड भएको ट्याक्टर सहित उनीहरूलाई पक्राउ गरेको छ । उनीहरूलाई आवश्यक कारवाहीको लागि सव डिभिजन वन कार्यालय शुक्लागण्डकीमा बुझाइएको प्रहरीले बताएको छ ।