८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी छानविन गर्न सरकारलाई सभामुखको निर्देशन

काठमाडौँ । बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी छन् । उक्त घटनालाई सभामुख अग्नी सापकोटाले सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषयमा छानविन गर्न सरकारलाई निर्देशन दिएको छ ।

शुक्रबारको बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद गगन थापाले यस बिषयमा छानबिन गर्नुपर्ने बताएका छन् । बैठकमा सांसद थापाले उक्त घटना गम्भीर भएको बताउदै उक्त घटनामा अभियोग लागेका व्यक्तिलाई तत्कालै अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग गरेका छन् । त्यस्तै उनले कानुन विशेषगरी हदम्याद सम्बन्धि विषयका सन्दर्भमा पुनर्विचार गर्नका लागि सरकारलाई निर्देशन दिनुपर्नेमा जोड दिएको छ ।

सांसद थापाले धारणा राखेपछि सभामुख सापकोटाले उक्त बिषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउदै सिघ्र छानविन गरि सत्यतथ्य पहिचान गर्न र दोषीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएका छन् ।