अमेरिकी डलर र कौडासहित ६ जना पक्राउ

काठमडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका १३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका ६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत छ जनालाई बिहीबार राति पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुसँग प्रहरीले नेपाली ७६ हजार नगद, १ हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ । यस्तै तारकेश्वर नगरपालिका ५ लोलाङ धितालथोकमा जुवातास खेल्ने छ जनालाई पक्राउ गरेको छ ।