माइतीघर मण्डलामा बलात्कारविरुद्ध प्रदर्शन , न्याय पाउन हदम्याद किन ?

काठमाडौँ । बुधवार एक युवतीले सामाजिक सञ्जालमार्फत ८ वर्ष अघि यौन हिंसा भएको खुलासा गरेकी छन् । महिला हिंसा रोक्न र बलात्कारीलाई शीघ्र कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा युवाले शनिबार प्रदर्शन गरेका छन्।

एक युवतीले सामाजिक सञ्जालबाट आफूमाथि भएको अपराधको घटना सार्वजनिक गरेपछि त्यसको विरोधमा प्रदर्शन सुरु भएको छ।

गृह मन्त्रालयको निर्देशनपछि शुक्रबार नै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी वसन्त कुँवरको नेतृत्वमा छानबिन समिति बनाएको छ ।