स्थानीय तहको निर्वाचनको ५३ स्थानको मत परिणाम आउन वाँकी

काठमाडौं । स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । अहिलेसम्म ७ सय ५३ स्थानीय तह मध्ये ७ सय स्थानीय तहको मत परिणाम आईसकेको छ भने ५३ तहको आउन वाँकी छ । अन्य बाँकि स्थानीय तहको पनि मतगणना विवरण आउने क्रम जारी छ । मतगणना भएका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली कांग्रेसले १२२ मा जित हासिल गरी १६ स्थानमा अग्रता कायम गरेको छ । नेकपा एमालेले ६७ स्थानमा जित हासिल गरेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा माओवादी केन्द्रले प्रमुख पदमा २४ स्थानमा जित निकालेको छ भने २ स्थानमा अग्रता कायम गरेको छ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले ९ स्थानमा जित र दुई स्थानमा अग्रता कायम गरेको छ । स्वतन्त्रसहित अन्यले २४ स्थानमा विजय हासिल गरी ११ स्थानमा अग्रता कायम गरेका छन् ।

१८४ गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गरेको कांग्रेसले चार स्थानमा अग्रता कायम गरेको छ । एमालेले १२१ गाउँपालिका अध्यक्षमा जीत निकाल्दा २ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ९६ गाउँपालिकाको अध्यक्ष पदमा जीत निकालेको छ । जनता समाजवादी पार्टी नेपालले १९ वटा गाउँपालिकाको अध्यक्ष जितेको छ भने तीन स्थानमा अग्रता कायम गरेको छ ।

सार्वजनिक विवरणअनुसार नेपाली कांग्रेसले पालिका प्रमुखदेखि सदस्यसम्म सबैभन्दा बढी ठाउँमा जित हात पारेको छ ।