हत्या गरेको अभियोगमा एकजना पक्राउ

काठमाडौँ । पर्साको ठोरी गाउँपालिका ५ ठूलो बाघमोर्चा बस्ने २३ वर्षीय युवकको हत्याको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रवीण पाख्रिनको हत्या आरोपमा १७ वर्षीय एक युवकलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिएको छ ।

पक्राउ गरिएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन । हालसम्मको अनुसन्धानबाट खुलेका अन्य तीन फरार रहेकाले उनीहरूको खोजतलास भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गत जेठ ६ गते ठोरी गाउँपालिका ५ बाघमोर्चा मन्दिरको छेउमा अज्ञात व्यक्तिले ढुङ्गाले टाउँको र अनुहार समेतमा प्रहार गरी बेहोस् भएका पाख्रिनको वीरगञ्जस्थित एलएस न्यूरो हस्पिटलमा उपचारका क्रममा आइताबार मत्यु भएको थियो ।