प्रहरीका पाँच डिआइजीलाई एआइजी पदमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक डिआइजीलाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजी उत्तमराज सुवेदी, अरुणकुमार विसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पूजा सिंहलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो ।

समितिले प्रहरी नियमावली, २०७१ संशोधन सहितको नियम २७ को उपनियम (४ ) अनुसार बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एवं प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले जानकारी दिएका छन् ।