नवनिर्वाचित प्रमुख दाहालद्वारा पदभार ग्रहण, पदभार ग्रहणपछि महत्वपूर्ण निणर्यमा हस्ताक्षर

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुन दोस्रो कार्यकालको लागी रेणु दाहाल निर्वाचित भएकी छन् । चितवन भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख दाहालले आज विहान पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनीले दुई वटा महत्वपुर्ण निर्णय गर्ने बताएकी छन् ।

दाहालले अब सरकारी अस्पतालमा जन्मिने छोरीलाई निस्शुल्क बीमा गरिने पहिलो निर्णय गरेकी छन् भने भरतपुरभित्र ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क गरिने बताइन ।

छोरीलाई गरिने बीमा १ लाखको १५ वर्ष अवधिको हुनेछ । त्यस्तै ७ हजार लिटरसम्म पिउने पानीको कुनै पनि शुल्क लाग्ने छैन । त्यस्तै महानगर प्रमुख दाहालले अबको २ वर्षभित्र भरतपुरको चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुच पुग्ने उल्लेख गरेकी छन् ।