सन्तोष कुमार राठी एनआईसी एशिया बैकको नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति

काठमाडौं । एनआईसी एशिया बैकको नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । बैकको सहायक प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत राठीलाई आईतबार बसेको बैक सञ्चालक समितिले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरेको हो ।

नेपाल राष्ट्र बैकबाट जारी गरिएको एकीकृत निर्देशन २०७८ बमोजिम आगामी श्रावण १ गतेदेखि लागू हुने गरी राठीलाई सो पदमा नियुक्ति गरिएको बैकले जनाएको छ ।

बैकको प्रमुख सूचना अधिकारीको समेत जिम्मेवारी सम्हाल्नु भएका नायव प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेका अनुसार नवनियुक्ति नायव प्रमुख कार्यकारी अधिकृत राठीले २०६४ मंसिर १९ गते बैक अफ एशिया नेपालको विराटनगर शाखाको शाखा प्रवन्धकको जिम्मेवारीबाट बैकमा प्रवेश गरेका थिए ।

तत पश्चात बैंकको विराटनगरस्थित प्रादेशिक कार्यालयको प्रमुख, विभिन्न इकोसिष्टमहरुको प्रमुख र बैंकको सहायक प्रमुख कार्यकारी अधिकृत हुँदै नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् ।

समग्र बैंक व्यवस्थापन, जोखिम व्यवस्थापन, मानव संशाधन व्यवस्थापन, व्यवसाय विस्तार तथा विविधिकरण लगायत विभिन्न रणनीतिक क्षेत्रमा विशेष दक्षता हासिल गरेका सन्तोष कुमार राठीलाई

नेपालको बैंकिङ्ग क्षेत्रमा करिब २० वर्षको विभिन्न कार्यअनुभव एवं अनुकरणीय लगन, परिश्रम, दृढता, संकल्प र दक्षता निरन्तर प्रदर्शन गर्दै बैंकको रुपान्तरणका लागि राठले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बैकले जनाएको छ ।